बाढीले सिमेन्ट बोकेको १० चक्के ट्रक बगायो

समाचार

गुल्मीको सत्यवती गाउँपालिका–६ उल्लीखोलाको डहरे खोलाले ट्रक बगाएको छ ।

बिहीबार राति परेको अविरल वर्षाले खोलामा फसिरहेको १० चक्के ट्रक बगाएको हो । सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालका अनुसार बिहीबार बुटवलबाट बागलुङको गलकोट हटिया जाँदै गरेको लु १ ख ७४०६ नम्बरको साँझ ५ बजे खोलामा फसेको थियो ।

बिहिवार राति परेको अविरल बर्षाका कारण आएको खोलाले ट्रकसंगै ट्रकमा भएको सिमेन्ट, साइफन सहितका सामान बगाएको हो ।

ट्रक साँझ डहरेखोलामा फसेपछि निकाल्न अथक प्रयास गरिएको ट्रक चालक सुधन खड्का ले बताए । फसेपछी ट्रकको क्रस भाचिएको थियो । जेसिवी लगाएर तान्न प्रयास गरिएपनि नसकेपछि शुक्रवार बिहान ट्रक निकाल्ने भनि चालक नजिकै रहेको साथीको गाडीमा सुतेका थिए ।

उल्लीखोला क्षेत्रमा बर्षेनी कयौ मालवाहक गाडी तथा सवारीसाधन फस्ने बिग्रिने र बग्ने गरेका छन । कयौ यात्रुहरु अलपत्र पर्ने र ज्यानै गुमाउन सक्ने जोखिम भएपनि त्यहा कसैको नजर नपर्दा सर्वासाधरणले धेरै दुख पाएको गुनासो गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *