राती १२ बजेबाट काठमाडौंमा, के गर्न पाईन्छ के पाइन्दैन हेर्नुहोस

जानकारि

आज राती १२ बजेबाट जिल्लाभर शुक्रबार रातिबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मध्यराति १२ बजेदेखि आउँदो भदौ १५ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

निषेधाज्ञाको अवज्ञा गरेमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । प्रशासनले खुला स्थानमा भेला नहुन, भीडभाड नगर्न, सभा जुलुस नगर्न, जात्रा तथा महोत्सव नगर्न, धार्मिक गतिविधि नगर्न भनेको छ ।

साथै सडक व्यापार नगर्न, स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत होटेल रेष्टुरेन्ट नखोल्न पनि प्रशासनले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *