भक्तजनलाई रुद्राक्षको माला वितरण

धर्मकर्म

नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले शिव मन्दिर दर्शनका लागि आउने भक्तजनलाई रुद्राक्षको माला वितरण गरेको छ ।
धर्मसेवा सदनले साउन महिनामा मन्दिर दर्शनका लागि आउने पाँचसय भक्तजनलाई रुद्राक्षको माला वितरण गरेको हो ।

सदनका अध्यक्ष आचार्य गुरु तुलसीराम पोखरेलले मन्दिर दर्शनका लागि आउने भक्तजनलाई रुद्राक्षको माला वितरण गरेको जानकारी दिनुभयो । “दुई चरणमा गरेर हामीले पाँच सय भक्तजनलाई पाँच बोरा रुद्राक्षको माला वितरण ग¥यौँ”, उहाँले भन्नुभयो । उक्त रुद्राक्ष रु ६० हजार मूल्य बराबरको रहेको छ ।

विसं २०६६ मा स्थापना भएको उक्त संस्थाले धार्मिक तथा सामाजिक सेवा गर्दै आएको छ । उक्त संस्थाले अनाथ बालबालिकालाई भोजन, मातातीर्थ औँसीमा आमाहरुलाई सम्मान, स्वास्थ्य शिविर, भूकम्प तथा कोरोना सङ्क्रमणको समयमा राहत वितरणलगायत काम गरेको छ । नेपाल गृहस्थ धर्मसेवा सदनमा हाल आजीवन र साधारण गरी ५०० सदस्य आबद्ध छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *