प्रहरीको पेट्रोल पम्पबाट एक करोड बढी हिनामिना:असई पक्राउ

समाचार

काठमाडौं, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई एक करोड आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत कार्कीले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा गरी एक करोड आठ लाख ९९ हजार १८४ रुपियाँ हिनामिना गरेको भनी प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार आयोगलाई पत्राचार गरेको थियो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सोही पत्रका आधारमा कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *