ओली र मोदीबीच ११ मिनेट फोन संंवाद, कस्तो भयो त कुराकानी ?

समाचार

काठमाडौं । नयाँ नक्सा जारी भएपछि नेपाल भारतवीच कायम रहेको शीतयुद्धको स्थितिमा ब्रेक लागेको छ। आज भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् ।
प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरी ७४ औं स्वतन्त्रता दिवसको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फोन संवादमा पारस्परिक हितका कुरा भएको जनाइएको छ । शनिबार दिउँसो ओली र मोदीबीच ११ मिनेटसम्म फोनमा कुराकानी भएको परराष्ट्र स्रोतले बतायो । दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत समेत जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले आजै बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *