काठमाडौंमा तीज मनाउन नपाइने , अटेर गरे कारबाही गर्ने। यो निर्णय सहि कि गलत आफ्नो मत राख्नु होला ?

जानकारि

काठमाडौं -: यसपाली काठमाडौं उपत्यकाभित्र तीज मनाउन नपाइने भएको छ । संक्रमणको जोखिम बढ्दै गएका कारण भदौ १५ सम्मका लागि उपत्यकाका तीनै जिल्लामा भीडभाड हुने खालका गतिविधिमा रोक लगाइएको छ´।

तीनै जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ को संक्रमण जोखिमयुक्त देखिएका गतिविधिमा निषेध गरेको छ` । जारी आदेशमा भेला हुन, जम्मा हुन, भीडभाड गर्न नपाइने भनिएको छ । त्यसैगरी चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्यमा जमघट गर्न नपाइने भनी सूचित गरिएको छ । दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरूमा रोक लगाइएको छ’।

भदौ १५ सम्म यस्ता गतिविधिमा गर्न नपाउने भएपछि भदौं ४ गतेदेखि ७ गतेसम्म परेको तीज पर्वमा रमझम नहुने भएको हो । तीजका अवसरमा आयोजना गरिने दर पार्टी, मन्दिरमा गएर पूजाआजा गर्ने, जमघट गरेर नाचगान गर्ने जस्ता सबै गतिविधि गर्न नपाइने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।

यस्ता गतिविधि गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था अनुसार कारबाही हुने प्रजिअ पाण्डेले जानकारी दिनु भयो `। पाण्डेका अनुसार अटेर गरेमा एक महिनासम्म कैद हुनेछ। घरमै बसेर सधैँ सँगै रहने परिवारका बीचमा बसेर भने तीज मनाउन पाइने उहाँले बताउनु भयो´।

FacebookTwitterEmailPinterest

Leave a Reply

Your email address will not be published. Required fields are marked *