भारतको दिल्लीमा भूकम्प, हजारौंको संख्यामा मानिसहरु सडकमा।

समाचार

एजेन्सी । ३० चैत,नयाँ दिल्ली:भारतमा भुकम्पको धक्का महशुस गरिएको छ । भारतको नयाँदिल्लीमा आइतवार बेलुका भुकम्पको धक्का महशुस गरिएको हो । भारतको मौसम विज्ञान विभागका अनुसार आइतवार बेलुका ५ बजेर ४५ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

उक्त भुकम्प भारतको दिल्लीको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर गएको जनाइएको छ । भुकम्पबाट के कति क्षति भयो भन्नेबारे विवरण आइसकेको छैन ।

कोरोनाले धेरै मानिसहरु भेला हुन नपाउने भारत सरकारको निर्यणलाई भूकम्पले धक्का दिएको छ । भूकम्प गएपछी हजारौंको संख्यामा मानिसहरुको भिड सडकमा जम्मा भएका तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । यसले कोरोना फैलाउन सक्ने भन्दै विज्ञहरुले चिन्ता समेत व्यक्त गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *