बुटवलमा कर्मचारीमा कोरोना संक्रमण बढ्न थालेपछी अत्यावश्यक बाहेकका सबै सेवा बन्द !

समाचार

तिलोत्तमा — बुटवल उपमहानगरपालिकाका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाई र दमकल सेवाबाहेक सबै सेवा बन्द गरेको छ । शनिबार उपमहानगरका एक र आइतबार अन्य ३ मा संक्रमण देखिएपछि उपमहानगरका तोकिएकाबाहेक सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । शर्माका अनुसार उपमहानगरमा बैंक तथा वित्तीय संस्थामा बढी संक्रमण देखिएकाले आइतबार देखिनै लागू हुने गरी बैंक तथा वित्तीय संस्थालाई अनलाइन बाहेकका सबै सेवा बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ । त्यस्ता कार्यालयका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको शर्माले बताए । बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र ४० जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *