नेपाली युवतीलाई बिहे गर्ने प्रलाेभनमा यस्तो गरेँ यी विदेशी ले

समाचार

नेपाली युवतीलाई बिहे गर्ने प्रलाेभनमा ठगी गरेकाे आराेपमा एक विदेशी नागरिक पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाले शुक्रबार रिपब्लिका डि अङ्गोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डा कोस्टालाई ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो।

उनले एक नेपाली युवतीसँग इन्टाग्राममा मार्की एरोनको नामबाट चिनजान गरेका थिए। आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको बताएका थिए।

महाशाखाका प्रवक्ता ईश्वर कार्कीका अनुसार कोस्टाले ती महिलालाई विवाह गर्ने आश्वासन दिएका थिए। उनले नयाँ वर्षको अवसरमा हिराको औंठी,घडी,सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाउन लागेकाे र त्यसका लागि भन्सार छुटाउन,एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम आवश्यक पर्यो भन्दै युवतीसँग रकम अशुलेका थिए।

पीडित युवतीसँग ४८ लाख ५४ हजार ४ सय २० रूपैयाँ ठगी गरेको प्रहरीले जनाएकाे छ।

‘पटक पटक पैसा मागेको थाहा पाएपछि ती युवतीले हामीलाई खबर गरिन्। फेरि थप २० लाख भन्सार छुटाउन मागेपछि हामीले अपरेशन गरी पक्राउ गर्यौं,’एसपी कार्कीले भने।

महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानबाट उनले अर्की युवतीलाई पनि ३७ हजार रूपैयाँ ठगी गरेको खुलेको छ।

पक्राउ परेकाबाट नक्कली नोट बनाउने केमिकल तथा कागज समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ। उनी २०७६ फागुन २४ गते नेपाल आएका थिए।

प्रहरीले उनको कोठाबाट तीन लाख १५ हजार ७ सय ४५ नेपाली रूपैयाँ,९ सय अमेरिकन डलर,एटिएम कार्ड,ल्यापटप,नक्कली हजार दरका तीन थान नोट र विभिन्न देशका मुद्रा फेला पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *