बेलायेत मा फेरि १ बर्सिये छोरा कि आमा पोखराकी पुस्पा कोरोनाका कारण निधन।

समाचार

काठमाडौँ, चैत ३० । विश्वभर कोरोना संक्रमितहरुको संख्या बढीरहेका बेला विश्वभर रहेका नेपाहीहरु कोरोनाबाट प्रभावित बनिरहेका छन् । यसैबिच बेलायतमा कोरोना भाइरस संक्रमणबाट बेलायतमा नेपाली महिलाको निधन भएको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने ३९ वर्षीया पुष्पा घलेको कोरोनाका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पुष्पाको निधनसँगै बेलायतमा मात्रै कोरोना भाइरस संक्रमणका कारण निधन हुने नेपालीको संख्या १२ पुगेको छ । लामो समयदेखि होम केयर होममा काम गर्दै आएकी पुष्पा लाई ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी थिइन् । शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना गरेको केही समयमा नै उनको निधन भएको बताइएको छ ।

पुष्पा विगत १० वर्षदेखि पति र छोरासँग लन्डनको सडवरी टाउनमा बस्दै आएकी थिइन् । पुष्पाका एक बर्षको उमेरका छोरा छन् । पुष्पाको निधनसँगै उनको परिवार नै ‘आइसोलेसन’ मा रहेको छ । परिवारका अन्य सदस्यहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *