फोनमा बोल्दाबोल्दै घरको छतबाट खसेर युवकको मृत्यु !

समाचार

रुपन्देहीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षिय बिकास जैसवाल रहेका छन् । गएराती २ः३० बजे आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खस्दा घाइते भएका जैसवालको उपचारको क्रममा मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ । घाइते भएका जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको र उपचारको क्रममा उनको सोमबार बिहान ३ः५५ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *