सडकमा बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृ`त्यु।

समाचार

सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा सोमबार अपराह्न दुई बालकको मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावड रहेका छन् ।देहीमाण्डौँ–गिरेगडा सडकखण्डअन्तर्गत सुन्दरखालीमा हिम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डु`बेर ती बालकको मृ`त्यु भएको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । पाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा आज खाल्डोमा डु`बेर दुवै जनाको ज्या`न गएको हो ।

उहाँले भन्नुभयो,“खेल्नका लागि सडकमा जम्मा भएका पाँच÷६ जनामध्ये एक जना पहिला खाल्डोमा गएका रहेछन्, उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेका भन्ने खुल्न आएको छ ।” रासस

यो अर्को समाचार
काठमाडौं। वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ। निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो। करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन्। उनले अभिनय गरेका चलचित्रमा चिनो,कन्यादान,भाउजु लगायते चर्चित छन् ।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक,टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ‘कन्यादान’सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म‘मनको बाँध’हो। पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो

वि।सं।२००४ सालमा काठमाडौंको असनमा जन्मे,हुर्केकी अधिकारीले कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी छिन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री सुभद्राले सयौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी परिवारकी एक्ली छोरी थिइन्। उनले आफ्नो प्रतिभालाई पारिवारिक वातावरणमा नै उजागर गरेकी थिइन्। उनकी आमा पनि गायिका थिइन् । पाँच वर्षको उमेरमै सरस्वती सदन(क्याम्पस)मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक ुकचिमचाु(काँचो माटो)बाट अभिनय यात्रा थालेकी थिइन्। बाल्यकालबाटै रगंमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बाँध हो।

मनको बाँधबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अधिकारी फिल्म कन्यादानको छुच्ची सासूको भूमिकाका लागि चर्चित थिइन्। यसरी नेपाली चलचित्रमा यात्रा शुरु गरेकी अधिकारीले चिनो,कन्यादान,बासुदेव,बाटो मुनिको फूल,मुनामदनजस्ता चर्चित नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

उनी नेपाली चलचित्रको साथसाथै टेलिफिल्म र नाटककी पनि अब्बल कलाकार हुन्। सुभद्रा अधिकारी एक कुशल नृत्याङ्गना समेत हुन्। सानैमा बुवालाई गुमाएकी अधिकारीको अधिकांश समय मामाघरमा बितेको थियो। मामाघरको साहित्यिक,सांगीतिक वातावरणले उनलाई सानो उमेरदेखी नै कलाकार बनायो। उनले नाचघरमा लामो समय काम गरेकी थिइन्। वि।सं। २०५८ सालसम्म उनी नाचघरको जागिरे थिइन्। उनको ६३ बर्षौ कलायात्रालाई समावेश गरेर कलाकार सुभद्रा अधिकारी जीवनगाथा पुस्तक पनि प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *