धमाधम भ्याकसिन सफलता , चीनले बनाएकाे कोरोना खोपले पायो सर्वाधिकार, ३ महिनाभित्र बजारमा आउने अपेक्षा।

स्वास्थ

एजेन्सी,२ भदाै । चीनको क्यानसिनो बायोलोजिक्स कर्पोरेसनले आफूले विकास गरेको कोरोनाविरुद्धको खोप एडी ५-एनकोभका लागि‘पेटेन्ट’(सर्वाधिकार)पाएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले यही अगस्ट ११ तारिख उक्त कम्पनीलाई खोपको पेटेन्ट प्रदान गरेको हो ।

चीनले खोपको तेस्रो चरणको परीक्षण विभिन्न देशमा गरिरहेको छ र सन् २०२० को अन्त्यसम्ममा बजारमा ल्याउनेा अपेक्षा गरिएको ग्लोबल टाइम्सले जनाएको छ । खोपले चिनियाँ मौालिकता र सिर्जनात्मकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय बजारमा विश्वास प्राप्त गर्ने चिनियाँ विशेषज्ञले दाबी गरेका छन् ।

चीनका सैन्य संक्रामक रोग विज्ञ चेन वेई नेतृत्वको टोलीले विकास गरेको यो खोप चीनमा सर्वाधिकार प्राप्त गर्ने पहिलो खाेप बनेको छ । क्यानसिनेले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘पेटेन्ट प्राप्तिले खोप प्रभावकारी र सुरक्षित भएको पुष्टि गरेको छ । विश्वसनीयतासँगै यसको बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) को स्वामित्व पनि प्रदान गरेको छ ।’

खोपको पहिलो चरणको क्लिनिकल ट्रायल सुरु भएको ३ दिनपछि उत्पादक कम्पनी क्यानसिनोले मार्च १८ मा पेटेन्ट प्राप्तिका लागि आवदेन दिएको थियो । खोपको तेस्रो चरणको परीक्षण विभिन्न मुलुकमा भइरहेको कम्पनीले जनाएको छ । पहिलो र दोस्रो चरण परीक्षणको नतिजा जुलाई २० सम्ममा प्राप्त भएको र सकारात्मक देखिएकाे बताइएको थियो ।

वाल्टर एन्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलिग्रिनले‘द गार्डियन’पत्रिकासँग भने,‘पेटेन्ट प्राप्त भएपछि कसैले पनि यस खोपको नक्कल गर्न पाउँदैन । तर क्लिनिकल ट्रायलका लागि याे अनिवार्य मापदण्ड होइन ।’

चिनियाँ ह्याकरले कोरोना भाइरसको उपचार र खोप विकासको सूत्र चोरी गर्न खोजेको भन्ने अमेरिकाले लगाएको आधारहीन आरोपलाई पनि यस खोपले गतिलाे जबाफ दिएकाे चिनियाँ विज्ञले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *