४० वर्षीय पुरुषको खोलाले बगाएर मृत्यु

समाचार

काठमाडौं, महानगरपालिका-१४ कुलेश्वर महादेव मन्दिरनजिक बिष्णुमती खोलाले बगाएर हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । ती पुरुषलाई खोलाले बगाई ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *