२४ घण्टामा हजार भन्दा धेरै संक्रमित फेला परेपछि सरकारले गर्यो यस्ता बोल्ड निर्णय [निर्णयप्रतिसहित]

समाचार

काठमाडौैं । नेपालमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जाने देखिएको छ । मंगलबार मात्रै १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संख्या २८ हजार २५७ पुगेको छ । यो बीचमा सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको सरकारका प्रवक्ता एवं अर्थ–सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने पनि निर्णय भएको छ ।

सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरू पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ । धेरै जिल्लाहरुमा लकडाउन लगायत आवश्यक्ता अनुसार कार्यहरु हुन थालेका छन् । यो सँगै मन्त्रिपरिषद्‌को बैठकको मुख्य १५ निर्णयहरु यस प्रकार रहेका छन्।

यो पद्नुहोस।

अर्को पाना।

यो अर्को पाना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *