राष्ट्रकवि माधव प्रसाद घिमिरेको नि`धन।

समाचार

काठमाडौँ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको नि`धन भएको छ ।
मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा घिमिरेको नि`धन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार,कवि र गीतकार हुन् । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए।

यो अर्को समाचार।
पोखरामा उपचाररत तनहुँकी काेराेना संक्रमित महिलाकाे मृत्यु, छाेरीमा पनि संक्रमण।

तनहुँ,२ भदाै । तनहुँको व्यास नगरपालिका-१ निवासी ५० वर्षीया महिलाकाे काेराेना संक्रमणका कारण पाेखरामा मृत्यु भएकाे छ । कास्की सेवा अस्पतालमा उपचारका लागि ३२ गते गएकी ती महिलाको उपचारकै क्रममा मृत्यु भएकाे हाे । उनी छोरीमा पनि संक्रमण देखिएकाे छ ।

मृतक महिला पोखरा-१२ हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत थिइन् । उनको सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ । स्राेतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । पोखरा जानू अघि दमौलीकै एक मेडिकलमा उनकाे उपचार गरिएको भेटिएकाे छ । मृतक महिलामा मधुमेहसँगै मुटुरोगको समेत समस्या रहेको जनाइएको छ ।

केहिबेरअघि मात्र प्राप्त नतिजाअनुसार उनमा कोभिड-१९ पोजिटिभ देखिएको बताइएकाे छ । यद्यपि यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले केही जानकारी दिइसकेको छैन । नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *