विवाह गर्छु भन्दै युवतीलाई ब’लात्कार गर्नेलाई कारागार चलान

समाचार

दुई युवतीलाई ज’र्बजस्ती क’रणी गरेको अ’भियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि का’रागार चलान गरिएको छ ।जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि का’रागार चलान गरेको हो ।

गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले ज’बर्जस्ती कर’णी गरेको अ’भियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पुर्पक्षका लागि केसीलाई का’रागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पीडित युवती ठूलीआमाको घरमा बस्दै आइरहेकी थिइन् ।

बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले ज’बर्जस्ती ज’ङ्गलमा लगेर ब’लात्कार गरेको पी’डित युवतीले बयान दिएकी थिइन् ।यस्तै ज’बर्जस्ती क’रणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि का’रागार चलान गरिएको छ ।

जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई का’रागार पठाइएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु,विवाह गर्छु भनेर ललाइफकाई गरेकोे अभियोग थियो।

गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रिल उद्योगमा असार ८ गते रातिसम्म पटकपटक ब’लात्कार गरेको पी’डित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनुसन्धान पूरा गरेर चितवन प्रहरीले जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।


फोटो-शन्केतिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *