विवाहमा ७ जनाभन्दा बढी सहभागी भए कारबाही हुने

जानकारि

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेध आदेश जारी गरिएको साता दिनमा हुने विवाहका लागि सात जनाभन्दा बढी सहभागी हुन नपाउने जनाएको छ ।

काठमाडौँ उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्मलाई जारी गरिएको निषेध आदेशपछि प्रशासकीय अधिकृत कमलप्रसाद पण्डेले निकालेको सूचनामा विवाहमा सात जनामात्रै सहभागी हुन पाउने उल्लेख गरेका छन्।

प्रशासनको उक्त निर्देशन अवज्ञा गरे कारबाही गरिनेसमेत चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *