प्रचण्ड भन्नुहुन्छ अब फेरि पुरानै माओवादी टीम , बाबुराम , विप्लव र किरण लगाएतका नेताहरुसंग एकै ठाँउमा बस्ने समय आउदै छ

राजनिति

काठमाडौं :नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पुर्व माओवादीका नेताहरुबीच फेरि एकै ठाउँ बस्ने अवस्था आउने दिशातिर अघि बढेको बताएका छन् ।एक टेलिभिजनलाई बुधबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले मोहनबैद्य किरण, डा. बाबुराम भट्टराई र नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरु फुटेर राम्रो नभएको भन्ने निष्कर्षमा पुगेको आफूले पाएको बताए ।किरणजी, बाबुरामजी र विप्लवजी जहाँ -जहाँ भएपनि हामी एउटै स्कूलका हौं,’ प्रचण्डले भने, अहिलेको परिस्थिति जे बनेको छ, मलाई लाग्छ, उहाँहरु पनि चिन्तित हुनुहुन्छ र अब फेरि एकचोटी समय आउन खोजेको देख्छु म ।

हामीले विभाजित भएर गल्ती पो गर्यौं क्यारे । यसले प्राप्त पलब्धि पनि जोखिममा पर्ने पो होकि भन्ने चिन्ता जति मलाई छ बिस्तारै किरणजीलाई, बाबुरामजीलाई र विप्लव जी लगायत अरु सथाीहरुलाई बढ्दै गएको छ भन्ने मलाई लाग्छ ।यद्यपी मेरो विप्लवजीसँग कुराकानी पनि छैन । बाबुराम र किरणजीसँग बेला बेला कुरा हुन्छ । त्यो कुराबाट मैले महसुस गर्ने सबैलाई हामी विभिाजित हुनु सही होइन भन्ने निष्कर्षतिर देशको परिस्थितिले डोर्‍याइराखेको छ ।आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीलाई झण्डै दुईतिहाईको बहुमतको दिशामा पुर्‍याएको प्रचण्डले दाबी गरे ।

माओवादी आन्दोलनपछि विभाजन भएको पार्टीलाई शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने एउटा आर्किटेक्चरको भूमिका खेल्ने अवसर पाएँ भन्ने छ मलाई’ , प्रचण्डले भने ।माओवादी पार्टीभित्र विभाजन आएपनि आफूलाई कुनै चिन्ता नलागेको प्रचण्डले बताए । ‘म चिन्तित भएर बरबाद भएँ भन्ने मलाई लागेकै छैन’, उनले थपे ।तत्कालीन एकीकृत माओवादीबाट बैद्य, भट्टराई र विप्लव बाहिरिएका थिए ।कास्की खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *