यूएईको विमानस्थलमा अलपत्र पारिएका २६२ जनाका लागि आइतबार चार्टर्ड उडान हुने

जानकारि

विमानस्थल पुगेर पनि गत मंगलबार नेपाल फर्किन नपाएका २६२ जना नेपालीहरु आगामी आइतबार नेपाल आउन भएका छन्। नेपाल एअरलाइन्सको विशेष उडानमाफर्त उनीहरुलाई नेपाल ल्याउने तयारी भएको हो।

नेपाल एअरलाइन्सका टिकाराम पँगेनीले आगामी आइतबार दुबईबाट नेपालका लागि उडान हुने डिसी नेपालसँग पुष्टि गरे। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गएको सोमबार अचानक सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किनु परेको थियो भने एअरपोर्टमा आइसकेका २६२ जना नेपालीहरु त्यहिँ अलपत्र परेका थिए।

यसरी नेपालहरु अलपत्र परेपछि त्यसको व्यापक आलोचना भएको थियो। आलोचना र विरोध भएपछि सरकारले विशेष अनुमति दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *