नेपाल आइडलबाट बाहिरिए केभिन ग्लान तामाङ

मनोरंजन

देश बिदेशमा निकै रुचाइएको नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलको टप ३ को टुंगो लागेको छ । नेपाल आइडलको टप ४ बाट केभिन ग्लान तामाङ बाहिरिएका छन । टप ३ का लागि भएको प्रतिस्पर्धामा कम भोट पाएसंगै केविन बाहिरिएका हुन् ।

नेपाल आइडलका ४ प्रतिस्पर्धीहरूले टप ३ मा आफ्नो स्थान बनाउनका लागि कडा मेहनत गरेका थिए। ती मध्ये एक जनाले यो मंच छोड्नु त निश्चित नै थियो। यसैअनुरुप, बिहीबार प्रशारित कार्यक्रमबाट प्रतिस्पर्धी केभिन ग्लान तामाङ बाहिरिएका छन्। यो क्षण केभिनका लागि र उनका समर्थकहरूका लागि निकै दु:खद बनेको छ।

केविन बाहिरिएसँगै नेपाल आइडलको टप ३ मा प्रवीण बेडवाल, सज्जा चौलागाईं, किरण भुजेल पुग्न सफल भएका छन्। सबै प्रतिस्पर्धीलाई आगामी यात्राका लागि शुभकामना।

लकडाउनका कारणले कार्यक्रमको छायाङ्कन तथा प्रशारण रोकिएको थियो। पुनः सञ्चालनमा आएपछि नेपाल आइडलको चर्चा बढेको छ भने दर्शकहरू उत्साहित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *