बुटवलमा एक महिलाको म;लामी गएका ९० प्रतिशतलाई देखियो कोरोना, कि;रिया गराउने पण्डित पनि संक्रमित

स्वास्थ

रूपन्देहीको बुटवलमा एक जना महिलाको म;लामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ।साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृ-त्यु भएको थियो।

उनी क्यान्सरको उपचारका लागि अस्पतालमा आएकी थिइन्। मृ-त्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृदयघातले मृ-त्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदियो।सामान्य मृ-त्युजस्तै ठानेर उनका छिमेकी र नातागोता मलामी गए। उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृ-तकका देवरलाई कोरोनाको जस्तै लक्षण देखिए। शंका लागेर जाँच्दा साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।

मृ-तकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले परीक्षण थाले। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार ती महिलाका देवर नेकपाका स्थानीय कार्यकर्ता हुन्। केही समयअघि उनी पार्टी कार्यालय पनि आएका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पार्टी कार्यालय सिल गरिएको थियो।भट्टराईका अनुसार पछि ती महिलाको म;लामी गएकाहरूले पनि परीक्षण गराउन थालेका थिए। ‘अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ,’ भट्टराईले भने।

मृ-तक महिलामा कोरोना भएका कारण अरूमा सर्‍यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने एकिन भइसकेको छैन। भरतपुर क्यान्सर अस्पतालले ती महिलाको उपचारमा संलग्न चिकित्सक वा अन्य स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पुष्टि गरेको छैन। सो घटनापछि बुटवलमा कोरोनाको संक्रमण समुदायस्तरमा भूसको आगोजसरी फैलिएको सरोकारवालाहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *