लकडाउन बन्यो मौका : अब सबैले स्मार्ट लाइसेन्स पाउने

जानकारि

काठमाडौ । लकडाउन स्मार्ट लाइसेन्सका लागि निवेदन दिनेका लागि भने मौका बनेको छ । बर्षौसम्मपनि नयाँ लाइसेन्स नपाउने विवसता अब सकिएको छ । प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएसँगै अब नयाँ प्रक्रियामा आउँनेलेपनि एकदमै छिटो लाइसेन्स पाउने भएका छन् । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सकोपनि छपाइ सकिएको छ । योसँगै अहिलेसम्म लाइसेन्सका लागि निवेदन दिएकाहरुले अब चाँडै लाइसेन्स पाउँने भएका हुन् ।

छपाइ ढिलो हुँदा करिब ४ वर्षदेखि स्मार्ट लाइसेन्सको वितरणमा समस्या थियो । तर,लकडाउनका कारण नयाँ लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो । गत वर्ष इटालीबाट विभागले मास प्रिन्टर पनि किनेर ल्याएको थियो । सबैजसो प्रदेशमा कोरोनाको महामारीका कारण सवारी लाइसेन्सको परीक्षा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ । यसले गर्दा विभागमा छापाइ गर्नुपर्ने लाइसेन्सको चाप घटेको थियो । यही मौकामा विभागले लगातार छपाइको काम गरेर‘ब्याक लक’फुकाएको हो ।

विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार अब प्रक्रिया पुरा गरेपछि चालकहरुलाई एक महिनामै लाइसेन्स दिन सकिनेछ । कागजी प्रक्रिया पुरा भएर आउने लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित प्रदेशमा पठाउनुपर्ने भएकाले एक महिनाको समय लाग्ने अवस्था विद्यमान रहेको उनले बताए ।‘अब पुराना लाइसेन्स छाप्न बाँकी छैन,’उनले भने,’अब नियमित रुपमा आउने लाइसेन्स नियमित रुपमै छापिएर कार्यालयहरुमा पाउन सकिने छ ।’पुराना निवेदकका लाइसेन्सपनि अवस्था सहज भएपछि वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *