म चुनाब जितेर आएको मान्छे हुँ, कसैले टीका लगाइदिएको होइन :पुर्वमन्त्री बास्कोटा

राजनिति

काठमाडौं । सत्तारुढ दल नेकपाका प्रभावशाली नेता एवं पुर्व सुचना तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले आफु कसैले टिका लाएर नभई जनताको मतबाट चुनाव जितेर आएको बताएका छन् ।

बिहिबार इमेज च्यानलको हट सिटमा पत्रकार जगदिस खरेलसंग कुरा गर्दै पूर्वमन्त्री बास्कोटाले उक्त कुरा बताउनुभएको थियो ।मन्त्री बास्कोटाले यति मात्रै नभई अर्को चुनावमा पनि आफु जनताबाटै निर्वाचित भएर आउने दावी गर्नुभयो ।

पूर्वमन्त्री बास्कोटा पार्टीको आन्तरिक विवाद बारे भने ५ वर्ष सम्म प्रधानमन्त्री र महाधिवेशन अघिसम्म कसैले चाहेर पनिप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पदबाट हटाउन नसक्ने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *