यूएईमा दुई नेपालीको रहस्यमय मृ`त्यु

समाचार

काठमाडौं,३ भदाै । यूएईको सारजाहमा माेरङ र तनहुँका दुई जना नेपालीको रहस्यमय मृ`त्यु भएको छ । मोरङको बेलबारी-३ का २७ वर्षका किरण गुरुङ र तनहुँ भगवतीपुर ७ का ३६ वर्षका मंगलराज श्रेष्ठको मृत्यु भएको हो ।श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । सारजाहका विभिन्न सञ्चार मध्यद्वारा दुई जना नेपालीको मृत्युबारे समाचार सार्वजनिक गरिएको थियो । यूएईमा रहेको नेपाली दूतावासले श्रेष्ठको मात्र पहिचान भएको तर गुरुङको पहिचान नखुलेको समाचार सार्वजनिक भएको थियो ।

अहिले दूतावासले पहिचान नखुलेको मृ`तक युवक किरण गुरुङ भएको पुष्टि गरेको छ । तर किरण गुरुङको मृत्युबारे परीवारले भने ९ दिनपछि मात्र थाहा पाएका छन् । मृतक किरण बेलबारी वाड नं.३ निवासी ४९ वर्षीय झनसिंह गुरुङ र ४७ वर्षीय नरमाया गुरुङका एकलो छोरो हुन । उनको १९ वर्षकी एक बहिनी पनि छिन । परीवारका अनुसार घर खर्च धान्नुको साथै बहिनी एलिसालाई किरणले पढाइ रहेका थिए ।

साउन २४ गते दुवैको मृत्यु अवस्थामा शव फेला परेको यूएइको स्थानीय सञ्चार माध्यमले समाचार सार्वजनिक गरेको थियो । दुई जना बिचको विवादपछि धारिलो हतियारको प्रहारबाट मृ`त्यु भएको भन्ने गल्फ न्युजमा छ । दुवैको शरीर भरी धारिलो ह`ति`यारको चो`ट भेटिएको उल्लेख गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा एक अर्काको ह`त्या गरी दुई जनाको मृ`त्यु भएको देखिए पनि थप अ`नुस`न्धान भइरहेको र घ`टनामा संलग्न आशंकामा केही प`क्राउ परेको गल्फ न्युजमा उल्लेख छ । तर किरणका परिवार भने एक आपसको वि`वादले नभएर अरूले नै ह`त्या गरेको हुन सक्ने आशंका गरेको छ । किरणको ह`त्या भएको भन्दै न्याय दिलाउन परिवारले नेपाल सरकारलाई आग्रह रहेको छ ।

२० वर्षको कलिलो उमेरमा वैदेशिक रोजगारमा बहराइन पुगेका गुरुङ केही महिना अघि मात्र सारजाहा पुगेका थिए । उनका परिवारका अनुसार चराचुरुङ्गीलाई रेखदेख गर्ने काम गर्थे । सारजाहा काममा गएपछि २०७६ साल चैत्र महिनादेखि घरमा किरणले पैसा नै पठाउन नपाएको परिवारले जनाएका छन् ।

परिवारका अनुसार केही महिनादेखि पैसाको अभावले राम्ररी गरी फोन सम्पर्क पनि हुन नसकेको आमा नरमायाले बताइन । आमाका अनुसार किरणको साथीहरू मार्फत मात्र हालखबर बुझ्न पाउँथिन ।

बाल्यकालका साथी सुमन श्रेष्ठले पनि केही दिन अगाडि मात्र किरणको मृ`त्युबारे खबर पाएपछि परविारलाई बताएका थिए । तर साथीको मृ`त्यु भएको खबर अझै पनि विश्वास नलागेको सुमन बताउँछन् । सुमनका अनुसार उनलाई किरणसँगै काम गर्ने फेजल नाम गरेको एक साथी भारतीय युवकले मृ`त्युबारे जानकारी दिएका हुन ।

सामाजिक सञ्जालद्वारा फेजलसँग चिनजान भएको सुमनले बताए । भाषा बुझ्न गारो भएकोले फेजलबाट पनि घ`ट`नाबारे पूर्ण जानकारी भने थाहा नपाएको सुमनले जनाएका छन् ।किरणका परिवारका अनुसार मंगलराज र किरण एकै कोठामा बस्ने मिलनसार साथी थिए ।

मंगलराजको भदौ फर्किने तयारी थियो भने किरणले साउनमा फर्किने तयारी गरेका थिए । तर को`रोना महामारी फैलिएसँगै विविध समस्या उत्पन्न भए पछि फर्कन नपाएको परिवारले जनाएका छन् ।

छोरोको ह`त्या भएको दाबी गर्दै न्याय तथा क्ष`ति`पूर्ति दिलाउन नेपाल सरकारलाई बुवा आमाले अनुरोध गरेका छन् । विदेशमा नै भए पनि सत्य तथ्य छानबिनको लागि नेपाल सरकारको पूर्ण सहयोग तथा पहलको लागि परिवारले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *