मृत्युको मुखमा पुगेकी ६२ वर्षीया आमालाई मनकारी सेनाले रागत दियेर बचाये। ।

समाचार

भीमदत्तनगर, १ वैशाख – कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा वृद्धा आमा ६२ वर्षीया कलशा भाट बिरामीले थला परेपछि कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका गणेश भाट तनावमा हुनुहुन्थ्यो । विभिन्न उपाय गरेर चार दिनअघि भीमदत्तनगरस्थित महाकाली अस्पतालमा आमाको उपचारमा रहेका भाटलाई चिकित्सकले आइतबार रगत आवश्यक पर्ने भनेपछि भाटलाई समस्या झन बल्झियो ।

“पत्थरीले आमाको शरीरमा रगत अभाव रहेको थाहा पाएपछि साथीभाइको सल्लाहअनुसार म सेनाको भगतपुर ब्यारेकमा सम्र्पक गरेर समस्या अवगत गराएँ”, भाटले भन्नुभयो, “ब्यारेकबाट तत्काल मेजरसाप नै आएर रगत दिएर जाँदा खुशी छु ।” भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा कार्यरत सेनानी गणेश महराले रक्तदान गरेर वृद्धाको ज्यान जोगाउनुभएको हो । “यो मेरो नवौँ पटक गरेको रक्तदान हो”, सेनानी महराले भन्नुभयो, “ब्यारेकमा रगतका लागि बिरामीका आफन्त आइरहेकै हुन्छन् ।”

नेपाल रेडक्रस सोसाइटी भीमदत्तनगरले रगत अभाव हुँदा बिरामी लामो समयदेखि सेनाको भरमा पर्दै आएको जनाएको छ । “सेनाले विभिन्न ठाउँमा रगत दिएर अकालमै मृत्यु हुनबाट धेरैको ज्यान जोगाएको छ”, महराले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *