दुखद खबर : एउटै जिल्लामा ३६ कोरोना संक्रमितको मृत्यु !

समाचार

काठमाडौं । पर्साको वीरगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँ रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका–२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो । यस्तै, पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनट जाँदा उपचारको क्रममा मृत्यु भएको हो । मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका डकैला बहुअरीका ६१ वर्षीय पुरुषमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगञ्जको अलि अर्थो ट्रमा सेन्टरमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

भदौ ३ गते सङ्कलन गरिएको स्वाबको आरटी पीसीआर परीक्षण गर्दा भदौ ४ गते ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट बिहीबार राति नै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल भर्ना गरी उपचार सुरु गरिएको थियो । त्यस्तै, शुक्रबार राति ८ बजे मृत्यु भएका अर्का सङ्क्रमित ५८ वर्षीय पुरुष मृगौला र मधुमेहका रोगी थिए भने भेन्टिलेटरमा राखेर उपचार गर्ने कार्य भइरहेको थियो । यी थप दुई सङ्क्रमितको मृत्युसँगै पर्साको वीरगञ्जमा कोरोना सङ्क्रममणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *