सुपरस्टार ऋतिक रोशनसँग स्क्रीन सेयर गर्ने चाहिन्छिन बलिउड अभिनेत्री नुरा फते।

चलचित्र

एजेन्सी – नोरा फतेही बलिउड इन्डस्ट्रीको यस्तो नाम हो जुन नाम सुन्दै युवाको मुटु जोडले धड्कन थाल्छ। उनको नृत्य मात्रै होइन फिटनेस पनि त्यत्तिकै आकर्षक छ। नोरा फिल्ममा अभिनयभन्दा पनि डान्स र स्टाइलका कारण चर्चित छिन्।

हालै उनी एक च्याट सोमा सहभागी भइन्। उनले त्यहाँ उनले आफूले सुपरस्टार ऋतिक रोशनसँग स्क्रिन सेयर गर्न चाहेको बताइन्। ‘म बलिउडमा एक अभिनेतालाई मनदेखि प्रेम गर्छु उनी अरू कोही नभएर ऋतिक रोशन हुन्। यी अभिनेतासँग म पक्कै नृत्य र अभिनय गर्न चाहान्छु।’अन्नपुर्ण पोष्टमा खबर छ ।

नोरा ऋतिककी ठूलो फ्यान हुन्। उनी भन्छिन्, ‘म ऋतिकलाई धेरै मन पराउँछु। उनी जस्तै डान्सर बन्न चाहन्छु।’ नोरा एक प्रस्तोता, गायिका र अभिनेत्री हुन्। उनले फिल्म ‘स्ट्रिट डान्सर– ३ डी’ बाट धेरै चर्चा कमाइन्। उनका इन्स्टाग्राम अकान्टमा लाखौं फ्यान छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *