काठमाडौंको बानेश्वरमा संक्रमित डाक्टरलाइ कोरोना सार्ने डाक्टर भन्दै घर घेराउ, घरवाट निकाल्न दवाव

समाचार

काठमाडौं । काठमाडौमा अहिले दिनहुँ को`रोना संक्रमित थपिदै छन्। कोरोनाको विरुद्ध अग्रपंक्तिमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी नै हुन् ।तर संक्रमितको उपचारमा लागेर आफै कोरोना संक्रमित भएका चिकित्कस र स्वास्थ्यकर्मीलाई समाज र छिमेकीले गर्ने ब्यवहार भने अनौठो छ ।

काठमाडौंको मुटुमा पर्ने बानेश्वरमा डाक्टर तथा नर्सहरु बस्दै आएको घर घेराउ गरेर छिमेकी र स्थानियले विरोध गरेका छन् ।
स्थानीय मिलनचोकका रहेको एक होस्टलमा डाक्टर तथा नर्स बस्दै आएका थिए । डाक्टर र स्वास्थ्यकर्मीले नै समाजमा कोरोना सारेको भन्दै स्थानिय र छिमेकीले घर घेरेका हुन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी बस्दै आएको सो घरवाट उनीहरुलाई निकाल्नु भन्दै छिमेकी घर घेर्न पुगेका छन् । उनीहरुलाई त्यहाँ राख्न नहुने भन्दै तीन दर्जन बढीको हाराहारीका स्थानीय घर घेर्न पुगेका हुन् ।

यस्तो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध भएको छ । सामाजिक अभियन्ता अभिषेक राज सिंह लेख्छन् (बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सकहरु आइसोलेसन बस्ने घर बाहिर जम्मा भएर उनीहरुलाइ त्यहाँबाट निकाल्नुपर्छ भन्नेहरुलाई यी मानिसहरु भोलि संक्रमित भए कहाँ जान्छन् ?

मन्दिर-मस्जिदमा समेत ताला लागेका बेला अस्पतालमा खटेकाहरुलाई यो ब्यबहार ? उनिहरु कस्का लागि खटेका हुन ?
पत्रकार नारायण अमृत लेख्छन् (चेतनाशून्य र लज्जाको एक परिदृश्य। हामी कता जाँदैछौं ? के गर्दैछौं ? आफ्नो अनुहार देखेर आफै लजाउने बेला भएन ?
source-chandanipost

Leave a Reply

Your email address will not be published. Required fields are marked *