राष्ट्रिय झण्डा जलाउनेलाई समर्थन गरेकोमा आङकाजीलाई अध्यक्ष लाक्पाले मुद्धा हाल्ने

समाचार

केहि दिन अगाडि मंगोल नेशनल हब युट्युबबाट दोर्जे तामाङ र उनका साथीहरुले सामाजिक सद्भाव भड्किने खाल्का गीत गाउँदै राष्ट्रिय झण्डा जलाउँदा राप्रपा नेपालले उनीहरु विरुद्ध कार्यवाहिको माग गर्दै पार्टीबाट विज्ञप्ति नै निकालेर विरोध गरेका थिए । त्यसको केहि समयपछि नै दोर्जे तामाङ लगायत उनका ९ जना साथीहरु गिरफ्तरीमा परे । त्यस लगतै मिडियामा सार्वजानिक हुँदै आङकाजी शेर्पाले उक्त राष्ट्रिय झण्डा जलाउने दोर्जे तामाङका समुहलाई समर्थन गरेका थिए ।

आङकाजीले उक्त अभिव्यक्ति दिँदा राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङ जनआकाश मिडिया सँग कुराकानी गर्दै भन्नूहुन्छ:
राष्ट्र र राष्ट्रियता भन्दा ठूलो अरु केहि पनि हुँदैन । नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो । हामी सबै नेपाली दाजुभाई एक हौँ । यहाँ सामाजिक,जातिय र धार्मिक सद्भाव खलबलाउने अधिकार कसैलाई पनि छैन । यदि कसैले भड्काउँछ त त्यो देशद्रोहि हो । देश छ रो पो नेपाली छन् । नेपाली छन् र पो जनजातिहरु छन् । जनजातिहरु छन् र पो तामाङहरु छन् ।

अध्यक्ष तामाङ थप्दै फेरि भन्नूहुन्छ:आफ्नो समुदाय,दाजुभाई भनेर हुँदैन । मेरो लागि मेरो समुदाय र धर्मभन्दा ठूलो देश हो । लकडाउन पछि राष्ट्रिय झण्डा जलाउनेलाई समर्थन गरेकोमा आङकाजीलाई अदालतमा मुद्धा हाल्नेछु । एकजना गलत सोँच भएका जनजातिका कारणले हामी सबै जनजातिहरु लज्जित हुनुपरेको छ । सबै जानजातिहरुलाई एउटै तराजुमा नजोखिदिनहुन भन्दै अध्यक्ष तामाङले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुसँग आफ्नो व्याक्तिगत र राप्रपा नेपालको तर्फबाट माफि पनि मागेका छन् । अध्यक्ष तामाङ नेपालमा पहिलो पटक बुद्धराष्ट्रका एजेण्डा बोक्ने र राप्रपा नेपालबाट देशकै कान्छो पार्टी अध्यक्ष हुन् । यो खबर जनआकाशमा छापिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *