के प्याकिंग खानेकुराबाट कोरोना भाइरस फैलिन्छ ? हेर्नुहोस ।

स्वास्थ

एजेन्सी, ६ भदौ । चीनमा दक्षिण अमेरिकाबाट निर्यात गरिएको फ्रोजन कुखुराका फखेटामा कोरोना भाइरसको संक्रमण देखिएपछि खानेकुराको प्याकेटबाट संक्रमण सर्न सक्ने आशंका बढेको छ ।बजारमा त्यस्ता धेरै वस्तुहरू प्याकेटमा हुन्छ । भाइरस पनि लामो समयसम्म सतहमा बस्न सक्छ। यस्तो अवस्थामा,फेरि प्रश्नहरू उठेको छ के खानेकुराको प्याकेटले कोरोना भाइरसलाई फैलाउन सक्छ? प्रयोगशालामा आधारित अध्ययनले भाइरस कयौ घण्टासम्म बाँच्न सक्ने देखाएको छ। विशेष गरी कार्डबोर्ड र धेरै प्रकारको प्लास्टिकमा।

भाइरसहरू कम तापक्रममा लामो समयसम्म जीवित रहन सक्ने र धेरै खाद्य वस्तुहरू कम तापक्रममा एक ठाउँबाट अर्को ठाउँमा सरिने जनाइएको छ ।युनिभर्सिटी अफ लेसेस्टरका श्वसन विज्ञानका एसोसिएट प्रोफेसर डाक्टर जुलियन टैगं भन्छन ,‘प्रयोगशाला बाहिरको वातावरण निरन्तर परिवर्तन हुन्छ जसको मतलब भाइरस लामो समयसम्म बाँच्न सक्दैन।’

रटजर्स युनिभर्सिटीका माइक्रोबायोलजीका प्राध्यापक इमानुएल गोल्डम्यानले भने १० मिलियन भाइरल कण प्रयोगशालामा अध्ययनको लागि नमूनाको रूपमा प्रयोग हुन्छन्, जबकि हछ्यौँ गर्दा सतहमा एरोसोल बूँदमा करिव १०० जना भाइरस कणहरू हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *