नीपालमै लोड भएको ब’न्दुक सहित २ बाबु छोरा भेटिए

समाचार

बारा । निजगढ नगरपालिका-१ पिपलटार बस्ने ५७ बर्षीय प्रेम बहादुर स्याङतान र उनका छोरा ३३ बर्षीय जनक बहादुर स्याङतानलाई लोड भएको २ नाल भ’रुवा ब’न्दुक,उक्त ब’न्दुकमा प्रयोग हुने ३५ पिस छ’र्रा,७ पिस फलामका टुक्रा र आधा बो’तल बा’रुद सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ र अञ्चल प्रहरी पोष्ट सिङगोलबाट खटिएको संयुक्त गस्ती टोलीले सोही नगरपालिका-१ पिपलटारस्थित धन्सर खोलामा ब’न्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *