एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ ।

कोरोना अप्डेट

काठमाडौं– विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको छ । संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २८८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ११२ जनाको मृत्यु भएको छ । ३३ लाख ३४ हजार ७३० जना संक्रमित भएकोमा १९ लाख ७८ हजार ७८२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २८ हजार ९०८ जनाको मृत्यु भएको छ । ६२ लाख १५ हजार २५६ जना संक्रमित भएकोमा ४८ लाख ८५ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ६४९ जनाको ज्यान गएको छ भने ११ लाख ८३ हजार १८२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *