एक महिला ५ पुरुष मृत अवस्थामा फेला

समाचार

काठमाडौको गोकर्णेश्‍वर नगरपालिका–१ स्थित बागमती खोलामा हाल नाम,थर,वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । नुवाकोट,बिदुर नगरपालिका–९ किम्ताङ टोल बस्ने किस्पाङ गाउँपालिका–४ साल्मे घर भएका ८० वर्षीय प्रताप सिंह तामाङ बिदुर नगरपालिका–९ इन्टेक नहरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा,सबैला नगरपालिका–३ स्थित सबैला बख्री बजारमा सिरहा कर्जन्हा नगरपालिका–९ घर भई शहिदनगर नगरपालिका–२ चोराकोलपुर ससुराली घर बस्ने ४३ वर्षीय विगुल पासवान शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी जनकपुर उपमहानगरपालिका–९ गोडधोई सार्वजनिक पोखरीमा सर्लाही रम्भापुरी गाउँपालिका९२ ब्रमपरी बस्ने २० वर्षीय अभिनाश कर्ण शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी,मुसिकोट नगरपालिका–५ तल्लो फाँटमा सुनचाँदी पसल गरी बस्ने पाल्पा घर भएका ५० वर्षीय लक्ष्मण सुनार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी नवलपरासी (पुर्व) बौदिकाली गाउँपालिका–४ बस्ने ५५ वर्षीय खिन बहादुर आलेको सोही गाउँपालिका २ र ४ जोड्ने बौदी खोलाले बगाई शुक्रबार मृत्यु भएको छ । बौदीकाली गाउँपालिका–२ स्थित छोरीको घर गई फर्किने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्दा घटनास्थलदेखि अन्दाजी १ किलोमिटर टाढा लाश फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *