‘नेपालको खलासी बताउने’को चेतावनी– यो त कास्टिङ मात्रै हो कोरोनाको सिनेमा हुनै बाँकी छ (भिडियोसहित)

समाचार

काठमाडौं । आफूलाई नेपालको खलासी भनेर चिनाउँदै आएका लक्ष्मण खड्काले देशको रक्षा गर्ने नेता नभएको बताएका छन् । अहिलेको नेतृत्वलाई डाँकाको संज्ञा दिदै उनले देशको रक्षा गर्ने नेता नभएको बताएका हुनु ।

भारत, चीन र अमेरिकालाई आँखाको नानी जस्तो नेपाली भूमि चाहिएको भन्दै उनले अमेरिका र युरोपियन युनियनको पैसा खाएर नेताहरुले संविधान जारी गरेको गंभिर आरोप समेत लगाए ।

कोरोना नियण्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा करोडौ घोटला गर्नेहरुले घोटला गर्ने ठाउँ कतै बाँकी राखेका होलान र ? भनेर खड्काले प्रश्न गरे । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई सिंहदरवार प्रवेशमा रोक लगाएको गुनासो उनको छ ।

उनले मास्क लगाउँदैमा कोरोना संक्रमण हुनबाट बच्न नसकिने बताए । मास्क लगाएकालाई नै कोरोना संक्रमण भएको जानकारी आफूले पाएको उनको भनाई छ । उनले कोरोना कास्टिङ मात्रै हो भन्दै पूरै सिनेमा देख्न बाँकी रहेको बताए ।हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *