काठमाडौंका प्रजिअ भन्छन् : “बानेश्वरमा स्वास्थ्यकर्मीको होस्टेल घेराउ गर्नेलाई ६ महिला जे ल हालिन्छ”

समाचार

काठमाडौंको बानेश्वरमा स्वास्थ्यकर्मीको होस्टेल घेराउ गर्नेलाई पाता फर्काएर जे ल हाल्ने तयारी गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पा ता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन ।

प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिएका हुन ।

दाहालले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको पनि बताएका छन ।

शनिबार बिहान बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका थिए । शनिवार बिहान स्थानीयबासीले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई सो घरमा नराख्न भन्दै नाराजुलुस गरेको समाचार यसअगाडी नै प्रकाशित भैसकेको छ (पढ्नुहोस् समाचार) ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई पचास साठी जनाको टोलीले घर घेराउ गर्दै धम्काएको रानाले जानकारी दिए ।

यसअगाडी कोरोनामुक्त भएर घर फर्किएका चिकित्सकको घरमा कोरोना संक्रमितको घर भनेर ब्यानर नै टाँसिएको थियो ।

संयुक्तरुपमा सहमति

प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिएपनि आज आएर संयुक्त सहमति भएको छ ।

राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेको विषयमा दुई पक्षबीच सहमति भएको छ ।

होस्टलमा बस्ने कर्मचारीहरुले होस्टेल अगाडि हुलहुज्जत हुँदा अफ्ठ्यारो, असहज महसुस गरेको तर कसैबाट दुर्व्यवहार हातपात नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समस्या समाधानका लागि वडा कार्यालय, बलभ्रद टोल सुधार समितिका प्रतिनिधि, अस्पतालका प्रतिनिधि र होस्टल सञ्चालकबीच छलफलबाट होस्टल सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ ।

स्थानीय समुदाय तथा स्थानीय सरकार यस्तो महामारीको अवस्थामा स्वास्थ्यकर्मी र अस्पताललाई हरदम सहयोग गर्न तयार रहेको र स्वास्थ्यकर्मीहरुको आवासलाई सुरक्षित र तनावरहित बनाउन कटिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *