विषालु च्याउ खाँदा ४ जना सिकिस्त बिरामी !

समाचार

सुर्खेत-विषालु च्याउ खाँदा डोल्पामा ४ जना बिरामी भएका छन् । बिरामी हुनेमा ठूलीभेरी नगरपालिकाका माछल पाटनमा गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाही रहेका छन् ।

उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ । ‘चारैजनाको अवस्था सिकिस्त रहेको बताइएको छ । बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएर पठाइएको हो । यसअघि साउन पहिलो साता जाजरकोटमा विषालु च्याउ खाएर ५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *