< Breaking > नेपालमा आज थप ७४३ जनामा कोरोना पुष्टि साथै ८ जनाको कोरोना बाट ज्यान गयो

समाचार

काठमाडौं— नेपालमा आज थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार देशका बिभिन्न प्रयोशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । संक्रमित बढेसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमण बाट ज्यान गएको ।

मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *