सीमानाकामा मालवाहक गाडी नरोक्न प्रशासनलाई काठमाडौं चेम्बरको आग्रह

समाचार

काठमाडौं । उद्योग वाणिज्य संघ काठमाडौं (काठमाडौं चेम्बर) ले उपत्यका भित्रने नाकामा मालबाहक सवारीसाधन रोकिएकोमा चासो देखाएको छ । उपत्यकाका तीनवटा जिल्ला र देशका विभिन्न जिल्लाहरुमा समेत निषेधाज्ञा आदेश पालना गराउन भन्दै जिल्लास्थित सीमानाकामा मालबाहक सवारी साधनलाई अवरोध गर्न थालिएपछि संघले यस्तो ध्यानाकर्षण गरेको हो । संघले त्यस्ता सवारी साधनलाई सम्बन्धित गन्तव्यमा जान सहयोग गर्न प्रशासनसँग आग्रह समेत गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

भन्सार नाकाहरु बाट सम्पूर्ण प्रक्रिया पुरा गरी आफ्नो गन्तव्यमा ढुवानी गर्न छुटेका मालबाहक गाडीहरु तथा कन्टेनरहरुलाई विभिन्न राजमार्गहरुमा अवरोध खडा गरि निर्वाध रुपमा संचालन गर्न नदिई त्यस्ता मालवाहक सवारी साधनहरुसडकमै अलपत्र परेको तथा अत्यावश्यक उद्योग तथा सेवासँग सम्बन्धित कच्चा पदार्थ तथा तयारी वस्तु असुरक्षित रुपले अलपत्र परेको भन्दै ढुवानी कार्यलाई सहज पार्न संघले प्रशासनलाई अनुरोध समेत गरेको छ । साथै, उत्पादक, डिलर र वितरकबाट वस्तु र सेवाको लागि सञ्चालन गरिने अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने गाडीको सञ्चालनमा समेत सहजता ल्याउन संघको माग छ ।

महासंघले लकडाउन वा निषेधाज्ञाले महामारी र संक्रमण फैलन नदिन अल्पकालीन रुपमा मात्र सहयोग पुग्ने भन्र्दै दीर्घकालसम्म यो उपायले नचल्नेमा सचेत हुन समेत आग्रह गरेको छ । लामो लकडाउन र निषेधाज्ञाले निजीक्षेत्र र जनताको आर्थिक गतिविधि पूर्ण रुपमा बन्द हुन गई राष्ट्रिय अर्थतन्त्रनै धरासायी बन्नसक्ने अवस्थालाई मनन् गर्दै महामारी नियन्त्रण गर्न दीर्घकालीन उपायको पहिचान र अवलम्वन गर्न गराउन संघले नेपाल सरकारसँग आग्रह गरेको छ ।
तर, महासंघले जिल्ला प्रशासन कार्यालयहरुले हाल गरेको निषेधाज्ञाप्रति भने समर्थन जनाउँदै यसलाई पालना गर्न सबैलाई आग्रह समेत गरेको छ । त्यस्तै, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु आपूर्तिमा संलग्न संघअन्तर्गतका सदस्य उद्योगी व्यवसायीलाई पनि यस अवधिमा सुरक्षाका उपायह अवलम्बन मात्र आपूर्ति तथा बिक्री वितरण कार्यमा संलग्न हुन अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *