६७ नेपालीहरुको ला:श खाडी मुलुकमा अलपत्र । बृस्तित तल उल्लेख गरिएको छ।

समाचार

काठमाडौं – कोरोना महामारीका कारण नेपाल सरकारले कडा लकडाउन गरेपछि खाडी मुलुकहरुमा नेपालीहरुका ६७ वटा लाशहरु अलपत्र परेका छन् । यी लाशहरुलाई सम्बन्धित देशहरुमै जलाउने नेपाल सरकारको प्रयास पनि असफल भएको छ ।

दैनिकजसो कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरेका लाशहरु लकडाउन लागू भएपछि ल्याउन सकिएको थिएन । यसैकारण हर्ट अट्याक, सवारी दुर्घटना, कार्य क्षेत्रमा हुने दुर्घटनाजस्ता कारणले मृत्यबरण गरेका नेपालीका ती लाशहरु अलपत्र परेका हुन् ।

बैदेशिक रोजगार प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार, रोजगारीमा खाडी मुलुक गएका नेपालीमध्ये यो अवधिमा ६९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको र उनीहरुको शव नेपाल ल्याउनु पर्ने अवस्था आएको हो ।

समाचारअनुसार, नेपाल सरकारले ती लाशहरु सम्बन्धित देशहरुमा नै जलाउनका लागि ती देशका राजदूतावासमार्फत सम्बन्धित देशहरुलाई आग्रह गरेको पनि थियो । तर, ती देशहरुले लाश जलाउनका लागि मृतकका परिवारको स्वीकृत माग गरेका थिए ।

नेपाल सरकारले बैदेशिक रोजगार प्रवर्धन केन्द्रमार्फत मृतकका परिवारहरुसंग यसबारे कुरा गरेको पनि थियो । तर, अधिकांश मृतकका परिवारले आफ्नो मान्छेको अन्तिमपटक भए पनि अनुहार हेर्न पाउनु पर्ने र आफ्नो धर्म संस्कृतिअनुसार, अन्तिम संसार गर्न पाउनुपर्ने माग गरेपछि नेपाल सरकार अप्ठेरोमा परेको छ । समाचारअनुसार नेपाल सरकारको अग्रहअनुसार दुई नेपालीको शव भने विदेशमै जलाइएको छ ।

नेपाल सरकारले बैदेशिक रोजगार प्रवर्धन केन्द्रमार्फत मृतकका परिवारहरुसंग यसबारे कुरा गरेको पनि थियो । तर, अधिकांश मृतकका परिवारले आफ्नो मान्छेको अन्तिमपटक भए पनि अनुहार हेर्न पाउनु पर्ने र आफ्नो धर्म संस्कृतिअनुसार, अन्तिम संसार गर्न पाउनुपर्ने माग गरेपछि नेपाल सरकार अप्ठेरोमा परेको छ । जस मध्य दुई शब भने बिदेस मा नै अन्तेसटि गरेको श्रोत ले जानकारी दियेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *