काठमाडौं उपत्यकामा थप २ संक्रमितको मृत्यु

कोरोना अप्डेट

काठमाडौं । काठमाडौं र धनुषाका एक एक कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं चण्डोलका ७४ वर्ष र धनुषाका ७६ वर्षका वृद्दको उपचारका क्रममा मृत्यु भएको हो ।

चण्डोलका वृद्दलाई निमोनियाको लक्षण देखिएपछि भदौ ५ गते अस्पताल भर्ना भएकोमा सोमबार दिउँसो ३:३५मा मृत्यु भएको हो।

यस्तै धनुषाका वृद्दलाई भने अत्याधिक ज्वरो आइ साउन २५ गते अस्पताल भर्ना गरिएको थियो । उहाँको दिउँसो ४ः३५ मा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *