‘बाई बाई बाबा’ भन्दै खुसी हुदै मामाघर गएकी छोरीको मामल नपुग्दै मृत्यु, हार्दिक श्रदाञ्जली !

समाचार

‘आफ्ना बाबुलाई बाबा बाई भन्दै घरबाट निस्किएकी बालिकाको मामल नपुग्दै ज्यान गएको छ। मामल अगाडिको गेटमा दर्दनाक दुर्घटनाबाट बालिकाको ज्यान गएको हो। महिलाले आफ्नी छोरीलाई स्कुटीमा राखेर मामल आएकी थिइन्। तर मामल नपुग्दै उनको स्कुटी दुर्घटना भयो। ट्याक्टरले बालिकाको टाउको किच्दा उनको घटनास्थलमै ज्यान गएको हो। महिलाको हातमा गहिरो चोट लागेको छ।

यो घटना भारतको गुजरातस्थित वलसाड क्षेत्रको हो। त्यहाँको डेमंड कम्पनीमा नाइट ड्युटी गर्ने अजमेरी आफ्नी पत्नी र छोरीसँग वलसाडमा बस्दै आएका थिए।शुक्रबार छोरीलाई स्कुटीमा लिएर मामल गएकी उनकी पत्नी पनि घाइते भइन्। उक्त दुर्घटनाले उनको सुखी परिवारको खुसी एकै छिनमा लुटिएको हो।

यो अर्को समाचार।
गरिबीको फाइदा उठाउँदै होटलमा काम लगाइदिने बहानामा १४ वर्षकी बालिकालाई घरवाटै लिएर गएका होटलसंचालकले बाटोमै गरे करणी, पैसा लिएर बयान बदल्न दबाब।

म जान्न भन्दा भन्दै केही हुँदैन होटलमा काम गर्ने हो भन्दै मोटरसाइकलमा लिएर गएका थिए । तर बिच वाटोमै पुगेपछि उनले होटलमा होइन कुखुरा फाराममा काम गर्ने हो भन्दै जंगल तर्फ लिएर गएको बालिकाले बताएकी छन् ।

सल्यान श्रीनगर स्थित रोयल गेस्ट हाउसका संचालक हिमराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । तर अहिले गाउँ भरीका सबै लागेर उनीहरुलाई पैसा लिएर मिल्न दवाव दिइरहेको बालिकाले बताएका छन् ।

आफ्नै परिवारका सदस्य पनि पैसा लिएर मिल्नुपर्छ भन्दै आएको उनीहरुको भनाई छ । एक जना हाम्रा फुपाजु पैसामा मिल्नुपर्छ भन्न आउनुभयो,बालिकाले भनेकी छन्,उनीहरुबाट २ लाख लिएर एक लाख हामीलाइ दिने एक लाख आफुले राख्ने भनेर कुरा गर्न आउनु भएको थियो ।

बुढाथोकीको श्रीमतीले पनि आफुलाई होटलमै बोलाएर मिल्न दवाव दिएको किशोरीको भनाई छ । गरिबिको फाइदा उठाउँदै गाउँका अगुवाहरु नै मिल्न भन्दै आफुहरुलाई दवाव दिन आएको भन्दै बालिकाले गुनासो गरेकी छन् । बुढाथोकीको परिवारले अहिले पी डित परिवारलाइ बारम्बार फोन गरेर र भेटेर पैसामा कुरा मिलाउन दबाब दिएको खुलेको हो ।

त्यस्तै पीडित बालिकाकी दिदिलाइ पनि आरोपित होटल संचालककी श्रीमतीले भेटेर पैसामा मिल्न बबाद दिएको उनले बताइन् । यो सँगै श्रीनगरमा होटल संचालकका नजिकका अन्य व्यक्तिहरुले पनि घटनालाइ पैसामा मिलाउन विभिन्न प्रयासहरु गरिरहेको बताएकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *