एकै चोटी १० जना मन्त्री प’रिवर्तन गर्दै प्रधानमन्त्री ओली, एस्तो छ र’हश्य !! (नामा वली सहित)

राजनिति

काठमांडू-एनेपाल कम्युनिष्ट पार्टीमा लामो समय देखि चल्दै आएको विवादको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम कसरतमा लागेको बुझिएको छ । त्यसका लागि मन्त्रीमण्डल पुनर्गठन सम्मको तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । विवाद समाधानका लागि गठन भएको कार्यदलले दिएको सुझावका आधारमा प्रधानमन्त्री ओलीले आगामी कदम चाल्ने छन् ।

पार्टी भित्र शक्ति सन्तुलन नमिलेको आवाज अघि देखि उठ्दै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले एक नेता एक जिम्मेवारीको आवाज उठाउँदै आएका छन् । उनको माग पनि सम्बोधन गर्नेगरी प्रधानमन्त्रीले तयारी थालेको बुझिएको छ । नेकपाले पार्टी भित्रको विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा,पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *