३० वर्षका युवकलाई लाग्यो २ पटक कारोना !

समाचार

काठमाडौं । एक पटक कोरोना लागेका ब्यक्तिलाई फेरी संक्रमण हुन के गर्ला ? बैज्ञानिक र कोरोनाका विषयमा अध्ययन अनुसन्धान गर्दै आएका विज्ञले अहिलेसम्म त्यस्तो तथ्य फेला नपरेको बताइरहेका बेला हङकङका एक ३० वर्षे युवकमा दोस्रो पटक कोरोना संक्रमणको पुष्टि भएको छ ।

एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित भएको यो घटनलाई आश्चर्य भन्दै बैज्ञानिकहरुले यसलाई संसारकै पहिलो र दुर्लभ घटना मानको
हङकङ्ग विश्वविद्यालयको रिपोर्टले उल्लेख गरेको छ । करिब ४ महिना अघि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बसेर कोरोनालाई जितेर घर फर्केका ति युवकको दोस्रो पटक विमानस्थलमा गरिएको परिक्षणमा फेरी संक्रमणको पुष्टि भएको पाइएसँगै भाइरसले समयअनुसार स्वरुप फेर्ने भएका कारण एक पटक कोरोनालाई जितेकाहरुलाई पनि भ्याक्सिनको अनिवार्य आवश्यकता भएको निष्कर्षमा विज्ञहरु पुगेको लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेन बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *