जुम्लामा चट्याङ लागेर पाँच सय बढी भेडाको मिर्त्यु।

समाचार

काठमाडौं–जुम्लामा चट्याङ लागेर पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका ४ को जाजुल्लेमा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेको भेटरिनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार पशु तथा भेटेरिनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । पाँच सय बढी भेडा मरेको जानकारी प्राप्त भएको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

एकैपटक धेरै भेडा मर्दा किसानलाई ठूलो क्षति पुगेकोले सरोकारवाला निकायले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो ।

विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्र पठाइने भेटेरिनरी कार्यालयले जनाएको छ । मङ्गलबार बेलुकीसम्म विवरण उनले पालिकाले जानकारी दिएको छ ।

यसैगरी गएको वर्ष पनि चट्याङले तिला गाउँपालिका ६ को सुडीका किसानका दुई सय ५० भेडा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *