नेपालमा आज एकैदिन ७ जनाको कोरोनाबाट गयो ज्यान, ज्यान

समाचार

काठमाडौं । नेपालमा आज एकैदिन ७ जनाको कोरोनाका कारण निधन भएको छ । निधन हुनेमा १ जना काठमाडौँकी महिला तथा ६ जना पुरुषहरु पर्सा,धनुषा,रुपन्देहीका १ १ जना तथा काठमाडौँका २ जना गरेर ७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा आज ८५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५५ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या३३५३३ पुगेको हो । जसमध्ये काठमाडौं जिल्लामा मात्रै आज १९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ३१३ निको हुँदा देशभर निको हुनेको संख्या १९११९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *