धनुषामा बैंक तथा वित्तीय संस्थाका ११ जना कर्मचारीमा कोरोना पुष्टि

कोरोना अप्डेट

जनकपुरधाम,९ भदौ । धनुषामा बैंक तथा वित्तीय संस्थाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिएका छन् ।

प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल बैंक लिमिटेड, नेपाल बाङ्गलादेश बैंक र जानकी फाइनान्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वाणिज्य बैंकका २२ र ३० वर्षीया दुई जना महिला र ५४ वर्षीय पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै एभरेष्ट बैंकका २९ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता नेपाल बैंकका ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ,भने नेपाल बाँङ्गलादेश बैंकका ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जानकी फाइनान्समा २५ वर्षीय महिला र २९,३३ र ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ । आज मात्रै धनुषामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *