बुधबार राजधानीका यी स्थानमा काटिदैछ विद्युत्”

जानकारि

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा रुखका हागाबिगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसािर बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणका अनुसार सोल्टी दोबाटो,सिभिल होम्स,टौखेल,सितापाइला,इचगुँनारायण,पद्यमा कोलेनी,भिमढुङ्गा,नर्सरी भन्ज्याङ,छत्रे देउरालीलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणले ती स्थानमा विद्युत् काटिदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिइन् । प्राधिकरणले समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *