पाँच तले भवन एक्कासी भत्किँदा ,१० जनाको मृ`त्यु , उद्धार जारी (अन्तर्राष्ट्रिय)

अन्तर्राष्ट्रिय

राइगढ, महाराष्ट्र, ९ भदौ-भारतको महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँच तले भवन भत्किँदा कम्तीमा १० जनाको मृ`त्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार पुष्टि गरेको छ । स्थानीय प्रशासनका अनुसार उक्त घरको भग्नावशेषमा अन्य केही व्यक्ति फसेको आशङ्का गरिएको र उनीहरूको उद्धारका लागि विभिन्न समूहले घटनास्थलमा काम गरिरहेका छन् ।राइगढको काजलपुरा क्षेत्रमा रहेको अग्लो घर सोमबार एक्कासी भत्किँदा त्यहाँ रहेका दर्जनौँ व्यक्ति भग्नावशेषमा फसेका थिए ।

तत्काल स्थानीय तथा सरकारी अधिकारीसहितको उद्धार टोली घ`टनास्थल पुगी केही व्यक्तिलाई सकुशल उद्धार गरेका थिए ।एनडीआरएफ,स्थानीय प्रशासन तथा स्थानीय नागरिक घटना लगत्तै उद्धारमा खटिएका थिए । घ`टनास्थलबाट मङ्गलबार तीन पुरूष र एक महिला गरी चार जनालाई मृ`त अवस्थामा निकालिएको छ भने एक बालकलाई घा`इते अवस्थामा उद्धार गरिएको छ ।

घ`टना लगत्तै संघीय गृहमन्त्री अमित शाहले एनडीआरएफका महानिर्देशकलाई फोन गरी तत्काल उद्धार टोलीलाई घटनास्थलमा पठाउन निर्देशन दिएका थिय । घ`टनामा मृ`त्यु भएका व्यक्तिहरूप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *