चीनले गत जुलाईदेखि ‘उच्च जोखिम’मा रहेकालाई कोरोना विरुद्धको खोप दिदै आएको रहस्य बाहिरियो

स्वास्थ

बेइजिङ-‘उच्च जोखिम’मा रहेकालाई चीनले जुलाईदेखि नै कोरोना खोप दिदै आएको खुलासा भएको छ । कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक र सिमानामा रहेका अधिकारीलाई कोरोना खोप दिइदै आएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले बताएका छन्। खोपको प्रयोगका लागि जुलाई २२ मा प्रमाणिकरण गरिएको थियो।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता दिँदै विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक जेङ जोगेइले उक्त खोप फ्रन्टलाइनमा खटिएका चिकित्सक र सिमानामा रहेका अधिकारीलाई दिइदै आएको बताएका छन्।सिनोफार्मको चाइना नेशनल बायोटेक ग्रुप कम्पनीले विकास गरेको उक्त खोप तेस्रो चरणको परीक्षण युएई,पेरु,मोरक्को तथा अर्जेन्टिनामा गरिएमा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *